कोमेसा र इयुबीच ४८.२ मिलियन युरोको वित्तीय सम्झौतामा हस्ताक्षर



पूर्वी र दक्षिणी अफ्रिकाका लागि साझा बजार (कोमेसा) र युरोपेली संघ (इयु) ले ४८.२ मिलियन युरो (५३ मिलियन अमेरिकी डलर) दुईवटा वित्तीय सम्झौतामा हस्ताक्षर गरेका छन्।

कोमेसालाई नयाँ अनुदानहरू त्यसका सदस्य राष्ट्रहरूको समग्र व्यापार प्रणालीमा प्रतिस्पर्धात्मकता सुधार गर्न र तिनीहरूको बजार पहुँच बढाउनमा केन्द्रित हुने बताइएको छ ।

कोमेसाका महासचिव चिलेशे कप्वेप्वेले आर्थिक सहयोगका लागि इयुको प्रशंसा गर्दै ती दुई सम्झौताले समग्र प्रतिस्पर्धात्मकता बढाउनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कप्वेपवेले अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक समूह भित्र आर्थिक विकास, व्यापार सहजीकरण र क्षेत्रीय एकीकरणलाई बृद्धि गर्न व्यापक सहयोगको हिस्सा भएको बताए ।

‘मुख्यतया यसको प्राकृतिक स्रोत र कृषि प्रशोधन, कपडा र गार्मेन्टमा यसको सम्भावनासँग जोडिएको यस क्षेत्रको तुलनात्मक लाभको बाबजुद पनि अन्य क्षेत्रको तुलनामा व्यापार न्यून रहेको’ उनको टिप्पणी छ ।

उनले यस क्षेत्रको निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन रणनीतिक लगानीका लागि अपर्याप्त वित्तपोषणका कारण अन्तरक्षेत्रीय व्यापारमा बाधा पुगेको पनि बताए ।

जाम्बियाका लागि इयु राजदूत र कोमेसाका लागि विशेष प्रतिनिधि क्यारोलिना स्टासियाकले दुई संस्थाहरूले क्षेत्रीय एकीकरण, जडान र व्यापारलाई सहज बनाउन समान उद्देश्यहरू राखेको उल्लेख गरेका छन् । स्टासियाकले विश्वव्यापी चुनौतीलाई ध्यानमा राख्दै इयुले व्यापारलाई अझ सहज र दिगो बनाउन आह्वान गरिरहेको बताए ।

‘हामीले हाम्रो अर्थतन्त्रलाई दिगो बनाउन, स्थानीय, क्षेत्रीय र विश्वव्यापी मूल्य शृङ्खलाहरूलाई थप बलियो बनाउँन र जलवायुमा हाम्रो अर्थतन्त्रको नकारात्मक प्रभावलाई उल्लेखनीय रूपमा घटाउन आवश्यक छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी