हमासका नेता भन्छन् -गाजा युद्धविराम सम्झौता नजिक



 

हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ ।

“हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ”, एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भने । गाजामा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकूहरूले राखेका करिब दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्नका लागि एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन् ।

गत महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका अधिकांश इजरायली छन् । तिनीहरूमा पनि केही बालबालिका र वृद्धवृद्धा छन् । बन्धक बनाइएकामध्ये केहीलाई मात्र रिहा गरिएको छ । केहीलाई इजरायली स्थल सैनिकले मुक्त गरेका छन् भने केहीको शव बरामद गरिएको छ ।

बाँकीको ठेगाना थाहा छैन । यद्यपि हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजरायलले लगातार बमबारी र स्थल कारबाही सुरु गरेको गाजामा बन्धकहरू रहेको मानिएको छ ।

हमासले अक्टोबर ७ मा आफ्नो डरलाग्दो हमलाका क्रममा करिब एक हजार दुई सय मानिसलाई मारेको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए । हमासका अनुसार इजरायली हमलामा गाजामा १३ हजार तीन सयभन्दा बढी मानिस मारिएका छन् र तिनीहरूमा हजारौँ बालबालिका रहेका छन् ।

हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको आन्दोलन युद्धविराम सम्झौताको शर्तमा सहमत भएको बताएको छ । इस्लामिक जिहाद अर्को छुट्टै प्यालेस्टिनी लडाकू समूह हो जसले अक्टोबर ७ को हमलामा पनि भाग लिएको थियो ।

अस्थायी सम्झौतामा पाँच दिने युद्धविराम समावेश छ । यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजराइली हवाई सञ्चालनको सीमा समावेश छ । बदलामा प्यालिस्टिनी लडाकू समूहले पक्रिएका ५० देखि एक सय मानिसलाई रिहा गरिनेछ । तीमध्ये इजरायली र अन्य मुलुकका मानिसलाई रिहा गरिने भए पनि कुनै पनि सैन्यकर्मीलाई रिहा गरिने छैन ।

प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित करिब तीन सय प्यालेस्टिनीलाई पनि इजरायली जेलहरूबाट रिहा गरिने छ ।

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई रिहा गर्ने सम्झौता नजिक पुगेको आफूलाई लागेको बताएका थिए । उनका अनुसार कतारको मध्यस्थतामा वार्ताको आशा बढेको छ । कतारमा हमासको एउटा राजनीतिक कार्यालय छ भने इजराइलको पनि कतारसँग पर्दापछाडि कूटनीतिक सम्बन्ध छ ।

त्यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार आफ्ना अध्यक्षले इजराइल र गाजामा सशस्त्र सङ्घर्षसँग सम्बन्धित मानवीय मुद्दाहरूलाई अगाडि बढाउनका लागि हमासका नेता हानियेहसँग भेट्न कतारको भ्रमण गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी