उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने



उत्तर कोरियाले गुप्तचरी गर्ने उद्देश्यले फेरि भूउपग्रह प्रक्षेपण गर्न सक्ने जापानले दाबी गरेको छ । जापानी सञ्चारमाध्यमले उत्तरले चाँडोमा बुधबार मध्यरातसम्म गुप्तचरी गर्न भूउपग्रह प्रक्षेपण गर्ने बताएका छन् ।

प्योङ्याङले नौ दिनको अवधिभित्र जासुसी भूउपग्रह प्रक्षेपण गर्ने जानकारी प्राप्त भएको जापानले दाबी गरेको छ । उक्त अवधि आगामी साता बिहीबार नोभेम्बर ३० को मध्यरातमा सकिन्छ ।

जापानले दक्षिण कोरियासँग मिलेर प्योङ्याङलाई त्यस्तो प्रक्षेपण रोक्न आग्रह गर्ने भएको छ । दुवै देशले जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउनु संयुक्त राष्ट्रसङ्घबाट पारित सङ्कल्प प्रस्तावहरूको उल्लङ्घन गर्नु हो भनेका छन् ।

यसअघि उत्तर कोरियाले दुई पटक जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउने प्रयास गरेको थियो। तर दुवै पटक प्रक्षेपणहरू विफल भएका थिए ।

गत अगस्ट महिनाको अन्तिम सातामा उत्तर कोरियाले दक्षिण कोरियाका सैन्य स्थलहरूमा परमाणु आक्रमणको ‘सिम्यूलेशन’ अर्थात परिकल्पनाका आधारमा गरिएको अभ्यास भन्दै छोटा दूरीका दुइटा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरिएको दाबी गरेको थियो ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरिरहेको बेला चेतावनी दिन प्योङ्याङले त्यसो गरेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी