चिनियाँ लगानी प्रोत्साहित गर्ने राष्ट्रपति विक्रमासिङ्घेको भनाइ



श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र श्रीलङ्का भ्रमणमा रहेका चिनियाँ राज्य परिषद् सल्लाहाकार शेन यिकिनबीच चिनियाँ उद्यमहरूलाई देशमा लगानी गर्न प्रोत्साहित गर्ने सहमति भएको छ ।

राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्कालाई दीर्घकालीन बहुमूल्य सहयोगका लागि चीनलाई धन्यवाद दिँदै श्रीलङ्काले संयुक्त बेल्ट एण्ड रोड निर्माणलाई दृढतापूर्वक समर्थन गर्ने बताएका छन् ।

श्रीलङ्का एक चीन नीति कडाइका साथ पालना गर्दछ र श्रीलङ्काको सामाजिक–आर्थिक विकासलाई बढावा दिन चीनसँग मैत्रीपूर्ण आदानप्रदान र सहयोगलाई प्रगाढ बनाउन चाहन्छ । चीनले श्रीलङ्कासँगको सम्बन्धलाई निकै महत्व दिएको र दुई देशका नेताबीच भएको सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न श्रीलङ्काली पक्षसँग मिलेर काम गर्न इच्छुक रहेको शेनले बताए ।

उच्च गुणस्तरको बेल्ट एण्ड रोड निर्माणलाई संयुक्त रूपमा प्रवद्र्धन गर्नुपर्ने र चीन–श्रीलङ्का रणनीतिक सहयोगात्मक साझेदारीलाई पारस्परिक सहयोग गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।