ट्विचका सह–संस्थापक एम्मेट सियर ओपनएआईको नयाँ सिइओमा नियुक्त



 

ट्विचका सह–संस्थापक एम्मेट सियरले ओपनएआईको नयाँ प्रमुख कार्यकारी (सिइओ) का रूपमा आफ्नो नियुक्ति पुष्टि गरेका छन् । एआई फर्मले साम अल्टम्यानलाई सिइओबाट बर्खास्त गरेको केही दिनपछि सोमबार सियरले आफ्नो नियुक्ति पुष्टि गरेका हुन् ।

“आज मलाई एउटा फोन आयो, फोनमा मलाई ओपनएआईको अन्तरिम सिइओ बन्नका लागि जीवनमा एक पटक प्राप्त हुने अवसरमाथि विचार गर्नका लागि आमन्त्रण गरियो, मेरो परिवारसँग परामर्श गरेपछि र केही घन्टासम्म विचार गरेपछि मैले उक्त पद स्वीकार गरेँ”, उनले लेखेका छन् ।

कम्पीबाट अन्य उच्च प्रोफाइलको प्रस्थानका साथै सह–संस्थापकलाई फिर्ता ल्याउनका लागि प्रमुख लगानीकर्ताहरूको दबाबमा ओपनएआईको बोर्डले शुक्रबार आफ्ना पूर्वसिइओ अल्टम्यानलाई बर्खास्त गरेको थियो ।

आफ्नो पोस्टमा सियरले अल्टम्यानलाई सुरक्षा चिन्ताका कारण बर्खास्त गरिएको थियो भन्ने कुरालाई अस्वीकार गरेका  छन् । “काम लिनुअघि मैले परिवर्तन पछाडिको तर्कको जाँच गरेँ, बोर्डले सुरक्षामाथि कुनै विशेष असहमितका कारण सामलाई हटाएको होइन, बोर्डको तर्क त्योभन्दा बिलकुल फरक थियो”, उनले लेखेका छन्, “हाम्रा उत्कृष्ट मोडेलहरूको व्यापारिकरणका लागि बोर्डको समर्थनबिना यो काम लिन म पागल छैन ।”

सियरको पोस्टभन्दा एक घन्टाअघि माइक्रोसफ्टका सिइओ सत्य नाडेलाले आफूले विश्वव्यापी प्रविधि कम्पनी माइक्रोसफ्टमा एआई अनुसन्धान टोलीको नेतृत्व गर्न अल्टम्यानलाई नियुक्त गर्न गइरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।