प्यालेस्टिनी शरणार्थी भन्छन् -लडाइँले हामीलाई एकसय वर्ष पछाडि धकेल्यो



हमास र इजरायलबीच जारी लडाइँका कारण शरणार्थी शिविर छाडेर भाग्न बाध्य प्यालेस्टिनीहरूले आफू एकसय वर्षअघिको दयनीय अवस्थामा पुगेको बताएका छन् । अहिले एउटा अस्थायी शिविरमा आफ्नो परिवारका अरू ४० जनासँग बसिरहेका एक महिला र एक पुरुषले आफूले भोग्नुपरेको दुःखबारे कुरा गरेका छन् ।

आफूसँग भएको खानेकुरा बालबालिकालाई खुवाउन पनि पर्याप्त नभएको उनीहरू बताउँछन् । गत महिना हमास समूहका लडाकुहरूले इजरायलमा अप्रत्याशित आक्रमण गरेर सयौँ मानिसलाई मारिदिएपछि इजरेलले गाजामा आक्रमण गरिरहेको छ ।

उक्त लडाकु समूहले दुईसय जनाभन्दा बढीलाई बन्धक बनाएर आफूसँगै लगेको थियो । इजरायली कारबाहीका कारण हजारौँ प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ भने लाखौँको सङ्ख्यामा मानिसहरू विस्थापित भएका छन्। इजरायलले गाजास्थित अल–शिफा अस्पताल परिसरलाई हमासले प्रयोग गरेको भन्दै त्यहाँ कारबाही जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हमासले बन्धक रिहा गरेलगत्तै इजरायल र हमासबीच युद्धविराम सम्भवः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलीपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम

उत्तर कोरियाका ह्याकरहरूद्वारा दक्षिण कोरियाको अदालतको कम्प्युटरबाट डाटा चोरी 

  उत्तर कोरियाली ह्याकरहरूले दुई वर्षको अवधिमा दक्षिण कोरियाली अदालतको कम्प्युटर नेटवर्कबाट व्यक्तिहरूको

चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी

    चिनियाँ अधिकारीहरूले आगामी केही वर्षहरूमा प्रमुख परजीवी रोगहरूको नियन्त्रण र उन्मूलनका

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा देखियो रङ्गीन प्रकाश

पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक