सोमालियामा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु, पचास लाख विस्थापित



सोमालियामा अक्टोबरको शुरुदेखि शुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको मृत्यु भएको छ । वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्दा बढी विस्थापित भएका राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ ।

सोमालिया विपद् व्यवस्थापन एजेन्सीले सोमालियाका अन्य भागहरूमा पहिरो र बाढीका कारण बालीनाली र पशुधन नष्ट भएको बताएको छ । सोमालियाको राजधानी मोगादिसुमा पत्रकारहरूलाई सोमालियाका आयुक्त मोहम्मद मोआलिमले देशमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको र पचास लाखभन्दा बढी नागरिक विस्थापित भएका जानकारी दिए ।

विस्थापनका कारण बढ्दो मानवीय आवश्यकता र सम्पत्तिको थप विनाश हुन सक्ने संयुक्त राष्ट्रको चेतावनी पछि एजेन्सीले बाढी पीडितहरूलाई मद्दत गर्न दक्षिणी सोमालियाको बर्धेरे जिल्लामा राहत कार्गो विमान पठाएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले भारी वर्षा र बाढीका कारण १२ लाख ४० हजार मानिस प्रभावित भइसकेका र अझै बढी हुने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा देखियो रङ्गीन प्रकाश

पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक

हमासद्वारा गाजामा बन्धक बनाइएका एक व्यक्तिको भिडियो सार्वजनिक

  हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक

इराकले भन्यो-अब देशमा राष्ट्रसङ्घीय सेना आवश्यक छैन

  इराक सरकारले संयुक्त राष्ट्रसङ्घलाई सन् २०२५ सम्ममा देशमा दशकौँ लामो समयदेखि कायम

बाढीमा परी अफगानिस्तानमा तीन सय भन्दाबढीको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको