टर्कीद्वारा उत्तरी इराकमा गरेको कारबाहीका १३ विद्रोही लडाकुको मृत्यु



टर्कीको सुरक्षा बलले उत्तरी इराकमा गरेको सीमापार कारबाहीमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का १३ जना लडाकुलाई मारेको जनाएको छ । पीकेके सदस्यलाई अपरेशन क्लाउ–लक जोन र हकुर्क क्षेत्रमा मारिएको रक्षा मन्त्रालयले जनाएको छ ।

टर्कीको सेनाले बारम्बार उत्तरी इराकमा विशेष गरी समूहको मुख्य आधार कँडिल पर्वतमा पीकेकेविरुद्ध स्थलगत कारबाही, हवाई आक्रमण र तोपखाना बमबारीहरू गर्ने गरेको छ । टर्कीले अप्रिल २०२२ मा सीमा नजिकैको उत्तरी इराकी क्षेत्रमा पीकेके सदस्यहरू विरुद्ध लड्न अपरेशन क्लाउ–लक शुरु गरेको थियो ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा देखियो रङ्गीन प्रकाश

पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक

हमासद्वारा गाजामा बन्धक बनाइएका एक व्यक्तिको भिडियो सार्वजनिक

  हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक

इराकले भन्यो-अब देशमा राष्ट्रसङ्घीय सेना आवश्यक छैन

  इराक सरकारले संयुक्त राष्ट्रसङ्घलाई सन् २०२५ सम्ममा देशमा दशकौँ लामो समयदेखि कायम

बाढीमा परी अफगानिस्तानमा तीन सय भन्दाबढीको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको