एडीबीद्वारा जर्जियामा सिँचाइ प्रणालीको आधुनिकीकरण गर्न ४८ मिलियन डलर ऋण स्वीकृत



एसियाली विकास बैंक (एडीबी) ले जर्जियामा कृषि सिँचाइ प्रणालीको आधुनिकीकरण र संस्थागत सुधारका कार्यक्रमलाई सहयोग गर्न शुक्रबार ४८ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।

जलवायु मैत्री परिस्थिति निर्माण र उत्पादकता बढाउने उद्देश्यका साथ सो कार्यक्रम त्यहाँको कृषि क्षेत्रमा गरिएको बैङ्कको यस किसमको पहिलो संलग्नता हो । यस परियोजनाबाट त्यहाँ आधुनिक तरिकाले पाइपजडित सिँचाइ सञ्जाल निर्माण गर्नेछ ।

कार्यक्रमले जर्जियाको दिगो जलस्रोत व्यवस्थापन र सिँचाइ सेवा प्रवर्धनका लागि कुशल सरकारी स्वामित्वमा आधारित उद्यमको लागि नीति र संस्थागत सुधार गर्ने लक्ष्यलाई सयोग गर्ने बैङ्कले जनाएको छ ।

‘जर्जियासँग कृषि क्षेत्रको विकास गर्न र अर्थतन्त्रमा आफ्नो हिस्सा बढाउने अपार सम्भावना छ,’  मध्य र पश्चिम एशियाका लागि एडीबीका महानिर्देशक येभगेनी झुकोभले भने ।

यो नयाँ कार्यक्रमले जर्जियालाई कृषि प्रणालीको आधुनिकीकरण गर्न, खाद्य सुरक्षामा सुधार गर्न र स्थानीय जनताका लागि व्यापारका अवसरहरू खोल्न मद्दत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा देखियो रङ्गीन प्रकाश

पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक

हमासद्वारा गाजामा बन्धक बनाइएका एक व्यक्तिको भिडियो सार्वजनिक

  हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक

इराकले भन्यो-अब देशमा राष्ट्रसङ्घीय सेना आवश्यक छैन

  इराक सरकारले संयुक्त राष्ट्रसङ्घलाई सन् २०२५ सम्ममा देशमा दशकौँ लामो समयदेखि कायम

बाढीमा परी अफगानिस्तानमा तीन सय भन्दाबढीको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको