इजरायली सेनाद्वारा हमास नेता हनियाको घरमा आक्रमण



इजरायली सेनाले लडाकु विमानहरू प्रयोग गरी हमास लडाकु सङ्गठनका एक वरिष्ठ नेता इस्माइल हनियाको घरमा आक्रमण गरिएको दाबी गरेको छ । हानिया सन् २०१७ सम्म हमासको राजनीतिक विभागका प्रमुख थिए । उनी कैयौँ वर्षदेखि कतारमा बस्दै आएका छन् । हानिया सन् १९८० को दशकको अन्त्यमा हमासका प्रमुख सदस्य थिए।

उनलाई तीन वर्ष इजरेलको जेलमा पनि राखिएको थियो । गाजा फर्किनुअघि उनले निर्वासनमा एक वर्ष बिताएका थिए । सन् १९९७ मा उनलाई हमासको आध्यात्मिक नेताको कार्यालयको प्रमुख घोषणा गरिएको थियो। त्यसबाट उनको अवस्था बलियो बनेको थियो ।

सन् २००६ मा प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले हानियालाई प्रधानमन्त्री नियुक्त गरेका थिए। तर त्यसको एक वर्षपछि साताव्यापी हिंसात्मक द्वन्द्वमाझ अब्बासको फताह पार्टी गाजा क्षेत्रबाट विस्थापित भएको थियो अनि हानिया पदमुक्त भएका थिए ।

हनियाले आफूलाई हटाउने कदम “असंवैधानिक“ रहेको बताउँदै आफ्नो सरकारले ‘प्यालेस्टिनी नागरिकप्रतिको राष्ट्रिय दायित्वलाई नछाड्ने’ बताएका थिए। उनले गाजामा आफ्नो शासन निरन्तर रहेको दाबी पनि गर्दै आएका थिए । यसअघि इजरेलको सेनाले हमासका वरिष्ठ नेताको गाजास्थित घरमा आक्रमण गरेको जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र