उडिरहेको विमानभित्रको खोरबाट जब घोडा निस्कियो…



अमेरिकाबाट बेल्जियमका लागि उडेको एउटा कार्गो विमानभित्र एउटा घोडा खोरबाट बाहिर निस्किएपछि झन्डै ९० मिनेटको उडान गरिसकेको विमान पुनः विमानस्थलमै फर्किएको छ ।

न्यूयोर्कबाट उडेको उक्त बोइङ ७४७ जेट झन्डै ९ हजार मिटरको उचाइमा हुँदा घोडा खोरबाट उम्किएको सूचना विमानचालकले दिएका थिए । न्यूयोर्कस्थित जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयर एट्ल्यान्टा आइसल्यान्डिकको उडान ४५९२ को नेतृत्व गरिरहेका विमानचालकले विमान सुरक्षित भए पनि खोरबाट घोडा भाग्नु चिन्ताको कारण भएको बताएका थिए ।

उनले विमान जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलतिर फर्काउन लागेको जानकारी दिँदै त्यहाँ एक पशुचिकित्सक बोलाइदिन अनुरोध गरेका थिए । फेरि न्यूयोर्कतिर फर्किँदै गर्दा विमानचालकले म्यासचूसिट्सनजिकै विमानबाट १२ टन इन्धन फाल्नुपर्ने बताएका थिए। न्यान्टकिट धनाढ्यहरूको बस्ती भएको क्षेत्र हो ।

विमानको तौलका कारण त्यसरी इन्धन फाल्नुपरेको हो । विमानभित्र घोडा कसरी खोरबाट बाहिर निस्कियो भन्ने अझै खुलिसकेको छैन। तर विमानस्थलमा फेरि आइपुग्दा पनि उक्त घोडा फुक्कै थियो । न्यूयोर्कमा अवतरण गरेपछि एयर ट्राफिक कन्ट्रोलरले विमानचालकलाई केही सहायता चाहिएको छ कि भनेर सोधेका थिए ।

पछि उक्त विमान सोही दिन फेरि बेल्जियमका लागि उडेको र शुक्रबार बिहान लिएज विमानस्थलमा ओर्लिएको थियो । उक्त घोडा किन विमानमा राखेर बेल्जियम लगिएको थियो भन्ने कारण पनि स्पष्ट भइसकेको छैन । तर विज्ञहरूका अनुसार घोडादौडमा प्रयोग गरिने घोडाहरूलाई त्यसरी लगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र

ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको

भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने