दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि कृत्रिम वर्षा गराइने



भारतको राजधानीमा चरम सीमामा पुगेको वायु प्रदूषण नियन्त्रणका लागि दिल्लीका पर्यावरण मन्त्रीले ‘क्लाउड सीडिङ’ भनिने कृत्रिम वर्षा गराउनेबारे छलफल भइरहेको बताएका छन् ।

प्रदूषणको स्तर कम गर्नका लागि अघि सारिएको कृत्रिम वर्षाको योजनाका लागि सर्वोच्च अदालत र विभिन्न केन्द्रीय मन्त्रालयको स्वीकृति आवश्यक छ । स्वीकृति प्राप्त भएको अवस्थामा यो योजना वातावरणको अवस्था हेरेर अर्को महिना लागू गर्न सकिन्छ ।

दिल्लीमा प्रदूषण कम गर्न कृत्रिम वर्षाको सुझाव दिइएको यो पहिलो पटक चाहिँ होइन। तर केही विज्ञहरू भने यो जटिल र महँगो हुनुका साथै पूर्ण रूपमा प्रदूषणसँग कम गर्न यसको प्रभावकारीका प्रमाणित नभएको बताउँछन् ।

वातावरणमा यसको दीर्घकालीन प्रभाव बुझ्न अझै धेरै अनुसन्धान आवश्यक ठानिएको छ । दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण जनता निसास्सिरहेको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेका कारण त्यसको समाधान खोज्न भारतको राजनीतिक नेतृत्व आतुर देखिन्छ ।

दिल्लीमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) पछिल्लो दुई हप्तादेखि लगातार ४५० भन्दा माथि रहेको छ । एक्यूआईले पीएम भनिने हावामा रहेको कण २.५ मापन गर्छ। अहिले दिल्लीको सूचकाङ्क स्वीकार्य सीमा भन्दा दस गुणा बढी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने

भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

  माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले  माल्दिभ्सलाई एक अतिरिक्त वर्षका लागि

बन्दरगाह परियोजना निर्माणका लागि भारत र इरानबीच १० वर्षे सम्झौतामा हस्ताक्षर

  भारत र इरानले इरानमा रणनीतिक चाबहार बन्दरगाहको विकास र सुसज्जित गर्न १०

थाइल्यान्डमा सिनेटको निर्वाचन जुनमा हुने

  थाइल्यान्डले आगामी महिना आफ्नो सिनेट निर्वाचनको विवरण घोषणा गरेको छ । एक