इजराइल–हमास युद्धः पाँचौँ पटक प्रस्ताव लैजाने प्रयासमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्



चार पटकसम्मको असफलतापछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजराइल–हमास युद्ध सम्बन्धमा एक प्रस्ताव लैजानका लागि पाँचौँ पटक प्रयास गरिरहेको छ । यद्यपि शब्दमा सहमति बनाउनका लागि गम्भीर मतभेदहरूलाई हटाउन सकिन्छ वा सकिँदैन त्यो हेर्न बाँकी छ ।
वार्ताअन्तर्गत विद्यामान मस्यौदामा सर्वसाधारणलाई अतिआवश्यक सहायता प्रदान गर्नका लागि गाजापट्टीमा ‘तत्काल विस्तारित मानवीय विराम’ को माग गरिएको छ । मस्यौदामा सर्वसाधारणका लागि सुरक्षाको आवश्यकता भएको, बालबालिकाका लागि विशेष सुरक्षाको माग गरिएको र बन्धक बनाउने कार्यमा प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय मानवीय कानूनको पालन गर्न‘सबै पक्ष’ लाई माग गरिएको छ ।
तर परिषद् सदस्य माल्टाले प्रस्ताव गरेको र एपीले मङ्गलबार प्राप्त गरेको मस्यौदामा युद्धविरामका बारेमा केही उल्लेख गरिएको छैन । मस्यौदाले इजराइलमाथि हमासले अक्टोबर ७ मा गरेको आश्चर्यजनक हमलाको पनि उल्लेख गरेको छैन ।
अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेबारी पाएको १५ सदस्यीय परिषद् युद्ध सुरु भएपछि उसको आन्तरिक विभाजनका कारण निष्क्रिय भएको छ । यो तत्काल युद्धविराम चाहने चीन र रुस तथा मानवीय विरामको आह्वान गर्ने इजराइलको सबैभन्दा निकट सहयोगी अमेरिकाबीचको मामिला हो ।
पछिल्ला चार प्रयासमा ब्राजिलले तयार गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो । अमेरिकाले बनाएको प्रस्तावलाई रुस र चीनले भिटो लगाएका थिए । साथै रुसका दुई प्रस्तावले आवश्यक न्यूनतम नौ ‘हुन्छ’ भन्ने मत प्राप्त गर्न असफल भएका थिए ।
परिषद्का थुप्रै कूटनीतिज्ञहरूले विपक्षी पक्षहरू नजिक आइरहेको बताएका छन् । दुई कूटनीतिज्ञले नयाँ मस्यौदामाथि बुधबार मतदान हुनसक्ने बताएका छन् ।
विचाराधीन प्रस्तावमा भनिएको छ, “मानवीय विराम राष्ट्रसङ्घ, रेडक्रस, अन्य सहायताकर्मीहरूलाई पानी, बिजुली, इन्धन, खाद्यान्न र औषधि आपूर्तिमा आवश्यक भएकाहरूलाई उपलब्ध गराउन कोरिडोरहरू पर्याप्त मात्रामा  खोलिनुपर्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन

  आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको

बेलायती विदेशमन्त्रीद्वारा जीवन रक्षाको ‘स्पष्ट योजना’ बिना रफाह आक्रमण अस्वीकार

  बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले  जनताको सुरक्षाका लागि ‘स्पष्ट योजना’ बिना इजराइलले गाजाको

श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा

इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु

  इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५