पश्चिम डार्फरमा सशस्त्र समूहद्वारा आठ सयभन्दा धेरै सुडानीको हत्या



 

सुडानको पश्चिमी डार्फरको आर्दमतामा सशस्त्र विद्रोहमा पछिल्लो छ महिनामा आठ सयभन्दा बढी मानिस मारिएका र ४८ लाखभन्दा धेरै विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले जनाएको छ ।

सुडानको डार्फर क्षेत्रमा बढ्दो हिंसाले दुई दशकअघि गरिएको अत्याचार दोहोरिनसक्ने आशङ्का गरिएको राष्ट्रसङ्घको  विज्ञप्तिमा उल्लेख छ । आर्दमतामा आन्तरिकरूपमा विस्थापित मानिसहरूका लागि एउटा शिविर पनि थियो ।

विज्ञप्तिमा करिब एक सय आश्रयस्थललाई नष्ट गरिएको र युएनएचसिआरको राहत सामग्रीसहित व्यापक लुटपाट भएको पनि उल्लेख छ ।

दुई दशकअघि डार्फरमा हजारौँ मानिस मारिएका भएका थिए । राष्ट्रसङ्घका अनुसार जान्जिवाद नामक सहयोगी मिलिसियाद्वारा समर्थित सुडानी सरकारी सेना र राष्ट्रपति उमर अल–बशिरको निरङ्कुश शासनको विरोध गर्ने विद्रोही समूहरूबीचको सङ्घर्षमा लाखौँ मानिस विस्थापित भएका थिए । राष्ट्रपति अल–बशिरलाई अपदस्थ गरिएको थियो ।

नरसंहारको रोकथामका लागि गत जुनमा राष्ट्रसङ्घका विशेष सल्लाहकार एलिस वाइरिमु नदेरितुले पश्चिम डार्फरमा जातीयताका आधारमा सङ्घर्ष भइरहे यो युद्ध अपराध र मानवताका विरुद्ध अपराध हुनसक्ने चेतावनी दिएका थिए ।

युएनएचसिआरले निरन्तररूपमा यौन हिंसा, यातना, स्वेच्छाचारी हत्या, सर्वसाधारणसँग जबर्जस्ती असुली र विशिष्ट जातीय समूहहरूलाई निशाना बनाइएको रिपोर्टप्रति चिन्ता व्यक्त गरेको छ ।

“बीस वर्षअघि डार्फरमा भयानक अत्याचार र मानवअधिकारको उल्लङ्घनबाट विश्व स्तब्ध थियो, यस्तै प्रकारको गतिशीलता विकास हुनसक्छ भन्ने हामीलाई चिन्ता छ”, युएनएचसिआरका उच्चायुक्त फिलिप्पो ग्रान्डीले भने, “अर्को विपत्बाट बच्नका लागि तत्काल सङ्घर्ष अन्त्य गर्न र सबै पक्षले नागरिकको निःशर्त सम्मान गर्नु महत्वपूर्ण छ ।”

मध्य अप्रिलमा सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) नामक अर्धसैनिक समूहबीच सङ्घर्ष सुरु भएपछि सुडानभित्र ४८ लाखभन्दा धेरै सर्वसाधारण विस्थापित भएका छन् । यसका साथै १२ लाख मानिस छिमेकी देशमा शरण लिएका छन् । युएनएचसिआरका अनुसार पछिल्लो एक सातामा मात्र आठ हजारभन्दा बढी मानिस चाडतिर भागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन

  आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको

बेलायती विदेशमन्त्रीद्वारा जीवन रक्षाको ‘स्पष्ट योजना’ बिना रफाह आक्रमण अस्वीकार

  बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले  जनताको सुरक्षाका लागि ‘स्पष्ट योजना’ बिना इजराइलले गाजाको

श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा

इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु

  इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५