हमासको आक्रमणबाट मृत्यु हुने इजरायलीको सङ्ख्या घट्यो, १२ सयको मृत्यु भएको पुष्टि



हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण सङ्ख्या परिमार्जन गरिएको छ । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदायहरू र गाजाको सिमानामा रहेको सैन्य स्थलहरूमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट इजरायलीहरूको मृत्यु हुने इजरायलीको सङख्या १ हजार दुई सय रहेको बताइएको छ ।

मृत्यु हुनेको ठूलो सङ्ख्या अक्टोबर ७ गरिएको हमास लडाकुहरूको आक्रमणबाट भएको थियो भने, केही रकेट प्रक्षेपणबाट भएको थियो। बिहीबार इजरायल डिफेन्स फोर्सले जारी गरेको तथ्याङ्कले देखाए अनुसार अक्टोबर ७ देखि इजरायलतर्फ करिब ९ हजार ५०० रकेट प्रहार गरिएको छ । जसमध्ये अधिकांश हमास शासित गाजा पट्टीबाट आएका थिए ।

मृतकको सङ्ख्यामा आउने केही समयसम्म उतारचढाव जारी रहने सम्भावना छ र पट्टीमा अपहरण गरिएका २४० भन्दा बढी व्यक्तिहरूमध्ये पनि जोखिममा रहेको बताइएको छ टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

इजरायली सेनाले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार इजरायल–हमास द्वन्द्वको यस चरणमा ३५४ इजरायली सैनिकको मृत्यु भएको छ । हमास लडाकुहरूसँगको लडाईमा तिनीहरूमध्ये धेरैको मृत्यु भएको बताइएको छ । हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार एन्क्लेभमा ११ हजार २५ प्यालेस्टाइनीहरू मारिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु

  इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५

रुसको बेलगोरोडमा युक्रेनी सेनाको गोलाबारी

युक्रेनी सेनाले रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा गरेको ठूलो गोलाबारीपछि एक बालकसहित १७ जनालाई

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने

अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय

हमासले बन्धक रिहा गरेलगत्तै इजरायल र हमासबीच युद्धविराम सम्भवः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलीपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम