म्यान्मारको जुन्टा प्रमुखका निकटस्थ अधिकारीलाई भ्रष्टाचार अभियोगमा जेल चलान



 

म्यानमारका एक उच्च जनरलका निकट सहयोगीलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ ।  सन् २०२१ को ‘कू’पछि सत्ता कब्जा गरेयता सशस्त्र प्रतिरोधको सामना गरिरहेको सेनाले हालैका महिनामा गृहयुद्धका कारण पहिलेदेखि नै सङ्कटग्रस्त देशको अर्थतन्त्रलाई तहसनहस पारिरहेका बेला कैयौँ अधिकारीहरूलाई हिरासतमा लिएको छ ।

आर्थिक सङ्कटमा फसेको सैनिक शासन जुन्टाले उत्तरमा जातीय सशस्त्र समूहहरूको हालैको आक्रमणसँग पनि लडिरहेको छ जसले चीनसँगको महत्वपूर्ण सीमापार व्यापारलाई अवरुद्ध पारेको छ र उनीहरूले सत्ता सम्हालेदेखि जनरलहरूका लागि सबैभन्दा गम्भीर सैन्य चुनौती खडा गरेको छ ।

गत सेप्टेम्बरमा गरिएको फेरबदलमा सत्तारुढ राज्य प्रशासन परिषद्बाट पूर्वगृहमन्त्री सोए हटुटलाई हटाइएको थियो ।

म्यान्मारको सरकारी सञ्चारमाध्यम द ग्लोबल न्यू लाइट अफ म्यान्मारका अनुसार उनीमाथि कानुनको सम्बन्धित दफाअन्तर्गत अभियोग लगाइएको छ र कोर्ट मार्सलले उनको मुद्दाको फैसला गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ ।

सोए हटुटले मातहतका कर्मचारीलाई ‘आफ्नो ओहदा र अधिकारको अनुचित प्रयोग गरेर’ देशमा सञ्चालित कम्पनीलाई राहदानी जारी गर्न आदेश दिएको अखबारले उल्लेख गरेको छ ।

“उहाँले घुस लिएको र गृह मन्त्रालयको कर्मचारी कल्याण कोषका लागि वित्तीय नियम र विनियमसँग मेल नखाने उपक्रमहरूको सुपरिवेक्षण गर्न असफल भएको’ विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा

  श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को अध्यक्ष पदबाट राजीनामा

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको अपील भारतको सर्वोच्च अदालतद्वारा खारेज

  सर्वोच्च अदालतले सोमबार दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मामिलामा प्रवर्तन

इराकद्वारा सन् २०२५ को अन्त्यसम्ममा राष्ट्रसंघको सहायता अभियान अन्त्य गर्न आह्वान

इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसन (युएनएएमआई) को

जापानको ७७ प्रतिशत कोभिड–१९ को खाने औषधि नष्ट गरिने

जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी