खुला र सुरक्षित इन्डो–प्यासिफिक भविष्यका लागि अमेरिका र भारतबीच छलफल



अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत–अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रलाई प्रबद्र्धन गर्ने प्रयासबारे छलफल भएको छ ।

ब्लिन्केनले उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षसम्बन्धी नयाँ आविस्कारलाई निरन्तरता दिन आफूहरु तत्पर रहेको पनि दोहोर्याए ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने, ‘नयाँ दिल्लीमा मैले भारतीय प्रधानमन्त्रीसँग अमेरिका र भारत कसरी खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रको प्रवद्र्धनका लागि काम गर्न भन्ने बिषयमा छलफल गरेको छु । म उज्ज्वल भविष्यका लागि प्रबिधि, स्वच्छ ऊर्जा र अन्तरिक्षमा हाम्रो नवीनतालाई निरन्तरता दिन तत्पर छु ।’

ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिन नयाँ दिल्लीमा भएको टु प्लस टु मन्त्रीस्तरीय वार्ताका लागि भारत आएका छन् । शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि प्रधानमन्त्री मोदीले ‘२+२’ ढाँचा भारत–अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन महत्वपूर्ण सहयोगी भएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–अमेरिका साझेदारीलाई ‘विश्वव्यापी भलाइ’का लागि ‘शक्ति’ को संज्ञा दिँदै नयाँ दिल्ली र वासिङ्टनबीचको पारस्परिक लाभकारी सहयोग लोकतन्त्र, बहुलवाद र विधिको शासनमा उनीहरूको साझा विश्वासमा आधारित रहेको बताएका छन् ।

ब्लिन्केन र प्रधानमन्त्री मोदीले हिन्द–प्रशान्त क्षेत्रमा र विश्वव्यापी महत्वका विषयमा घनिष्ठ साझेदारीका लागि भारत र अमेरिकाको साझा दृष्टिकोणलाई दोहोर्याएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘भारत र संयुक्त राज्य अमेरिकाले जापान र अष्ट्रेलियासँग क्वाड (चतुर्भुज सुरक्षा संवाद) मार्फत साझेदारीलाई बलियो बनाएर स्वतन्त्र, खुला र सुरक्षित हिन्द–प्रशान्तलाई बढावा दिइरहेका छन्,’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नयाँ दिल्लीमा आयोजित पाँचौं २+२ भारत–अमेरिका मन्त्रीस्तरीय संवादमा भने ।

ब्लिन्केनले भने, ‘उदाहरणका लागि, अवैध फिसिङ, पाइरेसी र लागूपदार्थको ओसारपसारविरुद्ध लड्न हामी इन्डो–प्यासिफिक क्षेत्रमा मानवीय राहत र विपद् प्रतिकार्य प्रयासमा पनि समन्वय गरिरहेका छौं । यो संवादले अमेरिका र भारतबीच उच्चस्तरीय छलफलका लागि एक मञ्च प्रदान गर्दछ । अमेरिका र भारतका नेताहरूले महत्वपूर्ण द्विपक्षीय र विश्वव्यापी मामिलाहरूमा छलफल गर्दछन्, जसमा हिन्द–प्रशान्त क्षेत्रमा भइरहेका घटनाक्रमहरूमा विशेष जोड दिइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन

  आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको

बेलायती विदेशमन्त्रीद्वारा जीवन रक्षाको ‘स्पष्ट योजना’ बिना रफाह आक्रमण अस्वीकार

  बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले  जनताको सुरक्षाका लागि ‘स्पष्ट योजना’ बिना इजराइलले गाजाको

श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा

इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु

  इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५