आयात घट्दा बङ्गलादेशको व्यापार घाटा नियन्त्रणमा



 

चालु आर्थिक वर्ष २०२३–२४ (जुलाई २०२३ देखि जुन २०२४) को पहिलो त्रैमासिकमा बङ्गलादेशको वार्षिक व्यापार घाटा ७६ प्रतिशतले घटेर एक अर्ब ८२ करोड अमेरिकी डलर भएको बिहीबारको नयाँ आँकडाले देखाएको छ ।

बङ्गलादेश बैंक (बिबी) को तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जुलाई–सेप्टेम्बरको अवधिमा बङ्गलादेशको आयात भुक्तानी २३ दशमलव ७७ प्रतिशतले घटेर १४ अर्ब ७४ करोड ९० लाख डलर भएको छ । यो अवधिमा निर्यात नौ दशमलव ८५ प्रतिशतले बढेर १२ अर्ब ९३ करोड १० लाख डलर पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको निर्यात र आयात भुक्तानीबीचको अन्तर सात अर्ब ५८ करोड डलर भएको अनुमान गरिएको थियो ।

विदेशमा बसोबास तथा काम गर्ने करिब एक करोड बङ्गलादेशीले पठाएको विप्रेषणले व्यापार घाटाको असरलाई कम गर्न सहयोग गरेको र भुक्तानीको समग्र सन्तुलन बचतमा रहेको बैंकका अधिकारीहरूले बताएका छन् ।

समीक्षा अवधिमा विदेशमा बसोबास तथा काम गर्ने बङ्गलादेशीले चार अर्ब ९१ करोड डलर विप्रेषण पठाएको बैंकको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष बङ्गलादेशको व्यापार घाटा ४८ दशमलव ४१ प्रतिशतले घटेर १७ अर्ब १६ करोड डलर भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वमा युक्रेन युद्धबारे वार्ता गरेको चीनको भनाइ

  युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको

थाइल्यान्डमा यस वर्षसम्म अत्यधिक गर्मीले ६१ जनाको मृत्यु

  थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ ।

केजरीवाललाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतको आदेश

बीबीसी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप