लिलाम घरले चार करोड डलरमा बिक्री गर्यो दुर्लभ निलो हिरा



स्विट्जरल्यान्डको जेनेभास्थित क्रिस्टिज् लिलाम घरले एउटा एकदमै दुर्लभ प्रकृतिको निलो रङ्गको हिरा चार करोड डलरमा बिक्री गरेको छ । औँठीमा जडिएको र लाम्चो नासपाती फलको जस्तो आकार भएको त्यो १७.६१ क्यारट तौल भएको ब्लू रोएल डायमन्ड नामक हिरा ४३. ८ मिलिअन डलरमा खरिदबिक्री भएको थियो ।

क्रिस्टिजले भनेको छ, ‘लिलामीको इतिहासमा नै किनबेचका निम्ति उपलब्धमध्ये कुनै दाग नरहेको र चहकिलो निलो रङ्ग भएको त्यो सबैभन्दा ठूलो जुवाहरात हो ।’

वर्षौदेखि एउटा निजी सङ्कलनमा रहेको उक्त हिरा लिलाम बढाबढ गरेर बिक्री गरिएको भने यो पहिलो पटक हो । लिलाम घरले एक वक्तव्य जारी गर्दै खानीबाट उत्खनन् गरिएको त्यो सबैभन्दा दुर्लभ हिरामध्येको एक भएको जनाएको छ ।

क्रिस्टिजले लिलाम घरको २५० वर्षे इतिहासमा ‘फ्यान्सी भिभिड ब्लू डायमन्ड’ प्रकृतिको र दश क्यारटभन्दा माथिको तौल भएको जम्मा तीन वटा हिरा मात्र बिक्रीमा आएका बताएको छ । क्रिस्टिजका अनुसार सन् २०१६ मा ओपनहाइमर ब्लू नामको १४. ६२ क्यारटको त्यस्तो हिरा पाँच करोड सत्तरी लाख डलरमा बिक्री भएको थियो ।

जेनेभामा क्रिस्टिजको गहना विभागका प्रमुख म्याक्स फअसेटले उक्त लिलाम घरले सन् २०२३ मा संसारभरी बिक्री गरेको मध्ये त्यो नै ‘सबैभन्दा महङ्गो गहना भएकोले आफूहरू एकदमै खुसी भएको’ बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाको फ्लोटिङ पियरमा सहायताको पहिलो ढुवानी साइप्रसबाट प्रस्थान

  साइप्रसका विदेशमन्त्रीले  मानवीय सहायताको ढुवानी साइप्रसको बन्दरगाहबाट प्रस्थान गरेको र यो गाजामा

रफाहमा इजरायलको कदमले युद्धविराम वार्तालाई अवरोध गर्ने उद्देश्य राखेको हमासको भनाइ

  हमासका एक अधिकारीले बिहीबार इजराइलमाथि प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्धमा युद्धविराम

कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा टापु बन्द

  व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको राष्ट्रिय

‘पश्चिमी सम्भ्रान्तहरू’ ले विश्वभर द्वन्द्व फैलाएको पुटिनको आरोप

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट