श्रीलङ्कामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्यो



श्रीलङ्कामा बुधबार बिहानसम्म डेङ्गुका बिरामीको सङ्ख्या ७० हजार नाघेको स्वास्थ्य मन्त्रालयको महामारी एकाइले आफ्नो वेबसाइटमा जानकारी दिएको छ ।

यो बर्षको शुरूदेखि नोभेम्बर ८ सम्ममा ७० हजार १७८ जनामा सङ्क्रमण पुष्टि भएको र सबैभन्दा बढी कोलम्बो जिल्लामा १४ हजार ८८४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

एकाइका अनुसार यस वर्ष हालसम्म डेङ्गुका कारण ४३ जनाको मृत्यु भएको छ । वर्षायामका कारण डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको बताउँदै स्वास्थ्य अधिकारीहरूले आफ्नो वरपरको वातावरण सफा राख्न र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न आग्रह गरेका छन् ।

श्रीलङ्कामा सन् २०२२ मा ७५ हजारभन्दा बढी डेङ्गुका बिरामी फेला परेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा खाद्य सुरक्षा कानुन लागू

अन्न उत्पादन र आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले चीनको खाद्य सुरक्षा कानुन शनिबारदेखि लागू

सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको नासाको दावी

नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा

गाजा युद्ध अन्त्य गर्न इजरायलले ल्यायो यस्तो प्रस्ताव

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले गाजा द्वन्द्व अन्त्य गर्न इजरायलले हमाससामु ल्याएको

अफगानिस्तानको नङ्गरहारमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु

  अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २०