आफ्नो चार वर्षीया छोरीलाई ‘बन्धक’ बनाएर ह्याम्बर्ग विमानस्थलमा उडान स्थगन गर्ने एक सशस्त्र बाबुले घन्टौंको वार्तापछि ‘बिना कुनै प्रतिरोध’ आत्मसमर्पण गरेका जर्मन प्रहरीले जनाएको छ ।
पौतीस वर्षीय ती व्यक्तिले शनिबार साँझ टर्किस एयरलाइन्सको विमानको आडमा आफू र आफ्नो कारमा रहेकी छोरीलाई जहाजमा राखेर घर लान पाउने माग गरेका थिए । छोरीलाई आमासँग हिरासतमा राख्नेबारे विवाद भएपछि जहाजमा चढ्न दिन माग गर्दै अवरोध गरेका थिए ।
प्रहरीका अनुसार उनले आफ्नो कार सुरक्षा क्षेत्र हुँदै विमान पार्किङ गरिएको एप्रोनमा ठोक्काएर दुई राउण्ड हवाई फायर गरेका थिए भने दुई वटा जलेका बोतल गाडीबाट बाहिर फ्याँकेका थिए ।
प्रहरीले उत्तरी जर्मनीको विमानस्थलमा मनोवैज्ञानिक, वार्ताकारको टोली का साथै र्यापिड रेस्पोन्स युनिटहरू पनि ल्याएको थियो । अधिकारीहरुका अनुसार बच्चाको आमा हिरासतको विषयमा भएको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया