इथियोपियाको सोमाली राज्यमा मुसलधारे वर्षाका कारण अचानक आएको बाढीमा परी २० भन्दा बढीको मृत्यु भएको र १२ हजारभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।
वर्षाले पुल र सडकहरू क्षतिग्रस्त हुँदा प्रभावितहरूलाई घर पुग्न समस्या भएको तथा बाली, वस्तुभाउ र सम्पत्तिमा पनि क्षति पुगेको सोमाली क्षेत्रीय राज्य सञ्चार ब्युरोले उल्लेख गरेको छ ।
पूर्वी अफ्रिकामा अल निनोका कारण अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सामान्यभन्दा अधिक वर्षा हुने सम्भावना रहेको संयुक्त राष्ट्रसङ्घको मानवीय एजेन्सी ओसिएचएले गत महिना बताएको थियो । अल निनो विश्वभरमा बढ्दो गर्मीका साथै विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भीषण वर्षासँग सम्बन्धित प्राकृतिकरूपमा हुने ढाँचा हो ।

प्रतिक्रिया