इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजार नाघ्यो



गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजार ३०६ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

मृत्यु हुनेमा तीन हजार ४५७ बालबालिका र दुई हजार १३६ महिला रहेको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजरायली हवाई आक्रमणमा परी २१ हजार ४८ प्यालेस्टिनी घाइते भएका छन् बताइएको छ ।

गाजा पट्टीमा इजरायलको बमबारीका कारण २५ वटा अस्पतालसेवा स्थगन गर्न बाध्य भएको र २५ वटा एम्बुलेन्सलाई निशाना बनाइएको मन्त्रालयले जनाएको छ ।

अल–कद्राले घाइते प्यालेस्टिनीलाई बचाउन पर्याप्त रगत नभएको बताउँदै गाजावासीलाई अस्पतालमा गएर रक्तदान गर्न आग्रह गरेका छन् ।

गत अक्टोबर ७ मा हमासले इजरायली सेनाले सुरक्षा दिँदै आएको क्षेत्र र शहरहरूमा गरेको आक्रमणपछि इजरायली आक्रमण सुरु भएको थियो ।

अहिलेसम्म इजरायलमा कम्तीमा एक हजार ४०० व्यक्तिको मृत्यु भइसकेको छ । इजरायली रक्षा बलका अनुसार हमासको आक्रमणका क्रममा कूल २३९ जनालाई बन्धक बनाइएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार