अर्थतन्त्रलाई बढावा दिन पाकिस्तान प्रत्यक्ष लगानी बढाउने प्रयासमाः राष्ट्रपति अल्भी



 

पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले अर्थतन्त्रलाई बढावा दिनका लागि पाकिस्तानले अन्य मुलुकहरूसँग संयुक्त उद्यम कार्यक्रममार्फत प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउने प्रयास गरिरहेको बताएका छन् ।

मुलुकको दक्षिणी बन्दरगाह सहर कराँचीमा सम्बोधन गर्दै उनले पाकिस्तानमा एफडीआईको माध्यमबाट आर्थिक विकासलाई बढाउने भरपुर क्षमता रहेको र यसको उपयोग जिम्मेवारी लिएर र विवेकपूर्ण नीतिहरू बनाएर गर्न सकिने बताए ।

धेरै राजनीतिक तथा आर्थिक चुनौतीका बाबजुद सरकारले आर्थिक सूचकहरूलाई माथि लैजानका लागि हरसम्भव प्रयास गरिएको उनको भनाइ थियो ।

“सहज व्यापार र समयमै लिइने निर्णयले मुलुकलाई आर्थिक स्थिरताको मार्गमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, पाकिस्तानलाई आर्थिकरूपमा बलियो बनाउन व्यापारिक समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपति अल्भीले भने ।

राष्ट्रिय विकास प्रक्रियामा महिला सहभागिताका बारेमा कुरा गर्दै उनले महिलाहरूलाई वित्तीयरूपमा सक्षम बनाउन र उनीहरूलाई मुलुकको अर्थतन्त्रमा आफ्नो भूमिका निर्वाह गर्न सक्षम बनाउनका लागि कम्पनीहरूमा रोजगारी दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार