विमान दुर्घटनामा ब्राजिलमा १२ जनाको मृत्यु



उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर राज्य सरकारले  बताएको छ ।

दुर्घटनामा विमान चालक र सहचालकसहित सबै १२  यात्रुको  निधन भएको हो । अल जजिराका अनुसार मर्ने यात्रुहरूको राष्ट्रियता पत्ता लागेको छैन । यसैबीच अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिने घोषणा गरेका छन् ।

स्थानीय कम्पनी एआरटी ट्याक्सी एरेओले सञ्चालन गरेको उक्त विमान छिमेकी अमेजनस राज्यको एनविरा सहरतर्फ गइरहेको थियो ।
अल जजिराका अनुसार विमानमा आगो निस्कियो तथा पेरु र बोलिभियासँगको ब्राजिलको सीमा नजिक दुर्गम क्षेत्रमा जङ्गलमा आगो लाग्यो ।

दुई महिनाभन्दा पनि कम समयमा यो दोस्रो दुर्घटना हो । सेप्टेम्बर महिनामा अमेजनस राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार

उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने जेलेन्स्कीको भनाई 

  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एएफपीसँगको एक विशेष अन्तर्वार्तामा रुसले उत्तरपूर्वी क्षेत्रमा आफ्नो

विश्वमा साइवर अपराधको बिगबिगी

  काठमाडौँ । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक