भारतमा प्याजको निर्यात मूल्य प्रतिटन आठ सय अमेरिकी डलर कायम



भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८ सय अमेरिकी डलरको निर्यात मूल्य निर्धारण गरेको छ ।

घरेलु बजारमा प्याजको उपलब्धता कायम राख्न पनि यो कदम चालिएको अधिकारीहरूले बताएका छन् । संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका अनुसार यो सूचना आइतबारदेखि लागू भएको छ र डिसेम्बर ३१ सम्म लागू हुनेछ ।

यो निर्णयसँगै सरकारले प्याजको मूल्य स्थीर राख्न विदेशबाट थप दुई लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने पाँच लाख टनभन्दा बढी प्याज खरिद भइसकेको मन्त्रालयले जनाएको छ । पछिल्लो दुई सातामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार