केन्यामा पार्कमा रहेको तालमा डुबेर पाँच बालबालिकाको मृत्यु



पश्चिमी केन्याको उसिन गिशु काउन्टीस्थित एक लोकप्रिय मनोरञ्जन पार्कमा मनोरञ्जनका लागि बनाइएको तालमा घुम्ने क्रममा शनिबार डुङ्गा पल्टिँदा केन्याका पाँच बालबालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अराप मोई प्राथमिक विद्यालयका विद्यार्थी र उनीहरूका शिक्षकहरू मानव निर्मित बाँधमा डुङ्गा यात्राका लागि पार्कमा गएका थिए । डुङ्गा दुर्घटना स्थानीय समय अनुसार शनिबार साँझ ५ बजेतिर भएको थियो ।

प्रहरीका अनुसार आक्रोशित अभिभावकले पार्कको लापर्बाहीका कारण आफ्ना छोराछोरीको मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि उक्त क्षेत्रमा थप तनाव सिर्जना भएको छ ।

प्रहरीका अनुसार सोमबारदेखि सुरु हुने परीक्षाको तयारी पूर्व दिमागी तनाव कम गर्न विद्यार्थीहरू मनोरञ्जन पार्कमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार

उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने जेलेन्स्कीको भनाई 

  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एएफपीसँगको एक विशेष अन्तर्वार्तामा रुसले उत्तरपूर्वी क्षेत्रमा आफ्नो

विश्वमा साइवर अपराधको बिगबिगी

  काठमाडौँ । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक