निसानका पूर्व प्रमुख घोसनलाई बेरुतस्थित घर छोड्न आदेश



लेबनानको एक अदालतले आरामदायी कार उत्पादकको पर्याय बनेको निसान कम्पनीका पूर्वप्रमुख कार्लोस घोसनलाई लेबनानस्थित विलासी घरबाट निकाल्न आदेश दिएको छ । सन् २०१९ मा जापानबाट भागेर बेरुतको घरमा बसोबास गरेका घोसनले उक्त फैसलाविरुद्ध अपील गरेका छन् ।

अक्टोबर १६ मा गरिएको फैसलाअनुसार, घोसन र उनकी पत्नीले ‘एक महिनाभित्र घर खाली गर्नुपर्नेछ । लेबनानको राजधानीको अशरफीह क्षेत्रमा गुलाबी पर्खाल भएको उक्त घरको मूल्य करिब एक करोड ९० लाख अमेरिकी डलर रहेको र यो लेबनानी कम्पनी फोनोस इन्भेस्टमेन्टमा दर्ता भएको न्यायिक अधिकारीले बताएका छन् ।

फोनोसले सन् २०१९ मा कानुनी कारबाही सुरु गरेको थियो र घोसनमाथि ‘निजी सम्पत्तिमा अतिक्रमण गरेको र कानुनी आधार बिना घरमा बसेको’ आरोप लगाएको थियो ।

उनलाई अर्को वर्षको अन्त्यमा जापानबाट बाहिर जान नपाउने गरी जमानत दिइएको थियो तर उनी जापानबाट एक अडियो–उपकरण बक्समा लुकेर नाटकीय रूपमा भागेर बेरुतमा आएका थिए ।

उनलाई एक अन्तर्राष्ट्रिय भगौडाका रूपमा हेर्ने गरिएको छ । घोसनले आफूविरुद्ध लगाइएका आरोपहरूको सधैं खण्डन गर्दै आएका छन् भने उनले यसलाई आफूलाई फसाउन रचिएका बनाउटी आरोप भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार