नर्वे र स्वीडेनले सीमापार अपराध रोक्न संयुक्त प्रहरी चौकी स्थापना गर्ने



नर्वे र स्वीडेनले सीमापार अपराध नियन्त्तणका लागि सीमामा संयुक्त प्रहरी चौकी स्थापना गर्ने भएका छन् । नर्वे सरकारले विज्ञप्ति जारी गर्दै यसबारे जनाकारी गराएको हो ।

स्वीडेनसँग नर्वेको दोस्रो सबैभन्दा ठूलो सीमा क्रसिंग म्याग्नोर्मोनमा अवस्थित यो परियोजना सन् २०२२ मा नर्वे सरकारले स्थापना गरेको अस्थायी सुरक्षा जाँच अन्तर्गत पर्दछ ।

“हामीले सीमामा नियन्त्रण गर्नुपर्दछ र आपराधिक गतिविधिलाई निश्तेज पार्नु पर्छ,“ नर्वेका न्याय र सार्वजनिक सुरक्षा मन्त्री एमिली एन्गर मेहलले विज्ञप्तिमा भनेका छन् । यो संयुक्त सुरक्षा चौकीको स्थापना सँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
संयुक्त प्रहरी स्टेशनलाई नर्वेजियन र स्वीडिश क्षेत्रहरूमा समान रूपमा विभाजित गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार

उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने जेलेन्स्कीको भनाई 

  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एएफपीसँगको एक विशेष अन्तर्वार्तामा रुसले उत्तरपूर्वी क्षेत्रमा आफ्नो

विश्वमा साइवर अपराधको बिगबिगी

  काठमाडौँ । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक