अजरबैजानसँग आगामी केही महिनाभित्र शान्ति सम्झौता हुने



नागोर्नो–काराबाखलाई जातीय–अर्मेनियाली पृथकतावादीबाट बाकुले पुनः नियन्त्रणमा लिएपछि आगामी महिनाहरूमा अजरबैजानसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्ने विश्वास निकोल पाशिन्यानले गरेका छन् ।

अजरबैजानको आर्मेनियाली बाहुल्यता रहेको काराबाख क्षेत्रको नियन्त्रणका लागि येरेभान र बाकुबीच दशकौँदेखि द्वन्द्व चलिरहेको छ । बाकुले सेप्टेम्बरको अन्त्यमा २४ घण्टे आक्रमणमा पहाडी इलाकालाई पुनः प्राप्त गरेको थियो जसले दशकौंदेखिको आर्मेनियालीपृथकतावादी शासनको अन्त्य गरेको थियो ।

उनले अजरबैजानसँग शान्ति र सम्बन्ध सामान्यीकरणसम्बन्धी सम्झौताको मस्यौदामा काम गरिरहेको र यो प्रक्रिया आगामी एक दुई महिनामा सफलतापूर्वक टुङ्गिने बताए ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले यो वर्षको अन्त्यसम्ममा येरेभानसँग शान्ति सम्झौता गर्न सकिने बताएका छन् । येरेभानले ऊर्जाको धनी बाकुले आफ्नो फाइदालाई दबाउने प्रयास गर्न सक्ने आशङ्का व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार