गाजामा राष्ट्रसंघीय शरणार्थी एजेन्सीका ६ कामदारको मृत्यु



गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका ६ कामदार मारिएका राष्ट्रसङ्घले बताएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका शरणार्थी एजेन्सीका कामदारको कूल सङ्ख्या ३५ पुगेको छ ।

हमासका बन्दुकधारीहरूले इजराइलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजरायली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि छोडिएको छैन ।

त्यस्तै हमासको आक्रमणपछि १६ स्वास्थ्यकर्मी मारिएका छन् । युएनआरडब्लुएले गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलमका साथै जोर्डन, लेबनान र सिरियामा ५६ लाख प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्दछ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको सङ्ख्याअनुसार गाजापट्टीमा इजरायलले गरेको बमबारीमा पाँच हजारभन्दा बढी मानिस मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार