बङ्गलादेशमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु



 

बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए ।

बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो ।

“भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ”, सरकारले भने । उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कयौँ डिब्बा पल्टिँदा करिब एक सय जना घाइते भएका छन् । उनले मर्नेहरूको सङ्ख्या अझै बढ्ने आशङ्का गरेका छन् ।

अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीहरूलाई चोट लागेको छ र उनीहरूलाई अस्पताल पुर्याइएको छ । सयौँ स्वयंसेवक र स्थानीय बासिन्दा अग्निशमनकर्ताहरूसँग सहभागी भएर भग्नावशेषमा फँसेका मानिसलाई बचाउन सक्रिय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार