अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत



अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेका छन् । कुराकानीका अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति बाइडेनले नेतन्याहुलाई गाजा र वरपरको क्षेत्रका घटनाक्रमबारे छलफल गर्न सम्पर्क गरेका हुन् । छलफलका क्रममा उनीहरूले गाजा क्षेत्रमा मानवीय सहयोगको निरन्तर प्रवाह हुने कुराको सुनिश्चितता गरेका छन् ।

राष्ट्रपति बाइडेनले हमासद्वारा अक्टोबर ७ मा भएको आतङ्कवादी हमलापछि मानवीय सहायतालाई तीव्रता दिन पहल गरेका छन् । विज्ञप्तिमा भनिएको छ मानवीय सहायताका प्याकेजहरू सहायता सिमाना पार गरी गाजामा पुगेको छ र आवश्यक परेका प्यालेस्टिनीहरूलाई वितरण गरिएको छ।

साथै उनले दुई अमेरिकी बन्धकहरूलाई रिहा गर्न इजरायलले गरेको प्रयासको प्रशंसा गरेका छन् । परिवारिक स्रोतका अनुसार उनीहरू दक्षिणी इजरायलको किसान समुदाय नाहाल ओजमा आफन्तहरूलाई भेट्न गएका थिए । आमाको खराब स्वास्थ्यका कारण “मानवीय आधारमा“ उनीहरूको रिहा गरिएको थियो।

साथै दुई नेताहरूले हमासद्वारा कब्जामा लिएका अमेरिकी नागरिकहरू सहित बाँकी सबै बन्धकहरूलाई अझ सुरक्षित बनाउने प्रयासहरू बारे छलफल गर्दै गाजाका अन्य नागरिकहरूलाई पनि सुरक्षित मार्ग उपलब्ध गराउने तरिकाबारे विचार आदानप्रदान गरेका छन् ।

उनीहरूले पछिल्लो घटनाक्रमबारे निकट सम्पर्कमा रहिरहने बताइएको छ । इजरायलले गाजा क्षेत्रमा हमास विरुद्ध आक्रमण जारी राखिरहेका बेला १४ ट्रक मानवीय राहतका सामग्रीहरू भरिएको रफाह क्रसिङ हुँदै सोमबार पट्टीमा प्रवेश गरेको सीएनएनले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार