१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फिर्ता



करिब १२ हजार अफगान शरणार्थीहरू पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किएका छन् । दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाले बताएअनुसार कान्दाहारलाई पाकिस्तानको बलुचिस्तानसँग जोड्ने स्पिन बोल्डक नाका हुँदै हरेक हप्ता औसत ८२० परिवारका चार हजारभन्दा बढी व्यक्ति पाकिस्तानबाट स्वदेश फर्कने गरेका छन् ।

त्यसैगरी २५ लाखभन्दा बढी अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् । यस्तै सङ्ख्यामा अफगानी शरणार्थी इरानमा आश्रय लिरहेका छन् । विगत चार दशकदेखि मातृभूमि अफगानिस्तानबाट विदेशी आक्रमण र द्वन्द्वबाट भाग्नेको सङ्ख्या ठूलो छ । पछिल्लो एक वर्षमा छिमेकी मुलुक पाकिस्तान र इरानबाट दुई लाखभन्दा बढी अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार