युक्रेनद्वारा २८ अर्ब अमेरिकी डलरभन्दा बढी रक्षा क्षेत्रमा खर्च



युक्रेनी सरकारले यस वर्ष देशको रक्षामा देखिएका चुनौतीसँग सामाना गर्न र आवश्यकता पूरा गर्न १.०३१ ट्रिलियन रिभनिया (२८.२ बिलियन अमेरिकी डलर) भन्दाबढी खर्च गरेको छ । प्रधानमन्त्री डेनिस श्म्याहललाई उदृत गर्दै मन्त्रिपरिषद्को प्रेस सेवाले यसबारे जानकारी गराएको छ ।

उक्त रकममध्ये ६८२ अर्ब रिभ्निया (१८.६६ बिलियन डलर) सैनिक कर्मचारीको तलबमा र करिब ३४९ बिलियन रिभनिया (९.५५ बिलियन डलर) सैन्य उपकरण खरिद गर्न प्रयोग गरिएको बताइएको छ ।

यस वर्षको पहिलो नौ महिनामा रक्षा क्षेत्र युक्रेनको बजेट प्राथमिकतामा थियो भने, सामाजिक कार्यक्रम र स्वास्थ्य सेवा थिए, उनले भने ।

अर्को वर्ष युक्रेनले रक्षा र सुरक्षा बललाई सहयोग गर्न “सबै सम्भावित स्रोतहरू” परिचालन गर्न निर्देशन दिएको छ ।

युक्रेनको सन् २०२४ को लागि मस्यौदा बजेटले अर्को वर्ष रक्षाका लागि कम्तिमा १.६९ ट्रिलियन रिभनिया (४६ बिलियन डलर) वा आफ्नो जीडीपीको २१.६ प्रतिशत छुट्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार