युक्रेनले लडाकु विमान प्राप्त गर्दै



 

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशले सन् २०२४ को पहिलो छ महिनामा एफ–१६ लडाकु विमान प्राप्त गर्न सक्ने बताएका छन् । “मलाई लाग्छ यो अर्को वर्षको पहिलो छ महिनामा हुनेछ”, उनको भनाइ उदृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार समितिले बताएको छ ।

उचित पूर्वाधारको व्यवस्था गरिसकेपछि र युक्रेनी पाइलटहरूले तालिम लिइसकेपछि एफ–१६ जेटहरूको डेलिभरी हुने उनले बताए ।
गत हप्ता युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले  बताए अनुसार युक्रेनी पाइलटहरूले केही हप्तामा वास्तविक एफ–१६ जेटमा प्रशिक्षका साथ उडान सुरु गर्ने जानकारी दिएका थिए ।

नेदरल्यान्ड्स, डेनमार्क,नर्वे र बेल्जियमले रुससँग द्वन्द्वका बीच युक्रेनलाई उसको लडाकु विमानको अवस्थालाई उन्नत बनाउन  एफ–१६ लडाकू विमान हस्तान्तरण गर्ने वाचा गरेका थिए ।

यसैबीच युक्रेनले स्थायी रुपमा अमेरिकाबाट स्थायीरूपमा एटीएसीएमएस लामो दूरीका क्षेप्यास्त्रहरु प्राप्त गर्ने भएको छ । सरकारी समाचार समिति युक्रेनफर्म विदेशमन्त्री कुलेबालाई उदृत गर्दै उक्त कुरा बताएको हो ।

युक्रेनलाई एटीएसीएमएसको आपूर्ति सम्झौता गत महिनामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी  राष्ट्रपति  जो बाइडेनको बीच भएको कुलेबाले बताए ।

“सम्झौता सम्पन्न गर्न र हाम्रो मार हान्ने क्षमतालाई सुदृढ बनाउनका लागि हामी अमेरिकाको सराहना गर्छौँ”, पहिला नै प्राप्त मिसाइलको सङ्ख्या उल्लेख नगरी मन्त्री कुलेबाले भने ।

एटिएसीएमएस अमेरिकी प्रतिरक्षा कम्पनी लकहिडद्वारा निर्मित सामरिक ब्यालेस्टिक मिसाइल हो । यसको मार हान्ने क्षमता करिब तीन सय किलोमिटरसम्म रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार