गाजा चर्चमा भएको इजरायली आक्रमणमा थुप्रैको मृत्यु भएको हमासको दाबी



 

बिहीबार अबेर भएको इजराइली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर बसेका थुप्रै विस्थापितहरूको मृत्यु भएको र धेरै घाइते भएका हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार गाजा सहरस्थित ग्रिक अर्थोडक्स सेन्ट पोरफाइरस चर्चका परिसरमा भएको हमलामा ‘ठूलो सङ्ख्यामा सहित र घाइते’ भएका छन् ।

प्रत्यक्षदर्शीहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्लालेस्टिनी क्षेत्रमा भएको युद्धपछि थुप्रै गाजाबासीले शरण लिएको चर्चनजिकै लक्षित गरी हमला गरेको देखिन्छ ।

इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले इजराइलतर्फ रकेट र मोर्टार प्रक्षेपणमा संलग्न कमान्ड र कन्ट्रोल सेन्टरलाई लक्षित गरी आफ्ना लडाकू विमानले आक्रमण गरेको बताएको छ ।

“आईडीएफले गरेको हमलाबाट एउटा चर्चको पर्खाल क्षतिग्रस्त भएको छ, हामी हताहतको रिपोर्टबारे सचेत छौँ, घटनाको समीक्षा गरिरहेका छौँ”, आईडीएफले भनेको छ ।

प्रत्यक्षदर्शीहरूले आक्रमणमा चर्चको बाहिरी भाग क्षतिग्रस्त भएको र छेउको एउटा भवन भत्किएको भन्दै घाइते धेरैलाई अस्पताल लगिएको बताएका छन् ।

पोरफाइरस अझै पनि सञ्चालनमा आएको गाजामा सबैभन्दा पुरानो चर्च हो । जेरुसेलमको अर्थोडक्स प्रमुखले आफ्नो चर्च परिसरमा भएको हमलाको ‘कडा निन्दा’ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार