इजरायल र हमासबीचको द्वन्द्व अन्त्यका लागि जोर्डनी राजाको आग्रह



जोर्डनका राजाले इजरायल र हमासबीचको द्वन्द्व अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आग्रह गरेका छन् । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजा पट्टीमा जारी युद्ध खतरनाक चरणमा प्रवेश गरेको र यसले मध्यपूर्व र समग्र विश्वलाई विपत्तितर्फ धकेल्न सक्ने बताउँदै अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रयासलाई तीव्रता दिनुपर्नेमा जोड दिएका हुन् ।

स्पेनका कार्यवाहक प्रधानमन्त्री पेड्रो सान्चेजसँग बुधबार भएको टेलिफोन वार्तामा राजाले सर्वसाधारणलाई निरन्तर निशाना बनाउने कार्यको निन्दा समेत गरेका छन् ।

जोर्डनी राजाले अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई गाजामा आफ्नो मानवीय कर्तव्य पूरा गर्न सक्षम बनाउन र प्यालेस्टिनी क्षेत्रमा चिकित्सा र राहत सहायता प्रवेश गर्न अनुमति दिन पनि आह्वान गरेका छन् ।

बुधबार पनि जापानी प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा राजाले गाजामा सर्वसाधारणको सुरक्षा र अन्तर्राष्ट्रिय मानवीय सहायता परिचालन गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार