चर्च भत्किँदा मेक्सिकोमा सात जनाको मृत्यु


मेक्सिकोमा एउटा चर्च भत्किँदा सात जनाको मृत्यु भएको छ । अझै ३० जना पुरिएको आशंका गरिएको छ । जसमा केही बालबालिकासमेत रहेका बताइएको छ । चर्चको छत भत्किएको समयमा भित्र एक सय जना प्रार्थना गरिरहेका थिए ।