क्यानडाका सभामुखद्वारा राजीनामा



दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् ।

९८ वर्षीय यारोस्लाभ हुन्कालाई ‘नायक’ भन्दै उनको प्रशंसा गरेपछि सभामुख एन्थोनी रोटाले मङ्गलबार ओटावामा पार्टी नेतालाई भेटेर राजीनामा दिएका हुन् ।

सभामुख रोटाको अभिव्यक्तिलाई लिएर स्वदेश र विदेशमा उनको कटु आलोचना भएको थियो । गत शुक्रबार भएको यो घटनाको विश्वव्यापी निन्दा भएको थियो ।

यसअघि क्यानडाका नागरिक र राजनीतिक दलका नेताले सभामुख रोटाको राजीनामा मागेका थिए । उनले संसद्मा सभामुख पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो अभिव्यक्तिप्रति गहिरो पश्चाताप भएको बताएका थिए । उनले आफूलाई हुन्काको नाजीसँगको सम्बन्धबारे जानकारी नभएको र कार्यक्रममा उपस्थित हुन आमन्त्रित गरेर गल्ती गरेको बताए ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार नै सभामुखले हुन्कालाई सदनमा गरेको आमन्त्रण र अभिव्यक्ति दुवै लाजमर्दो भएको टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

  नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार

३५ युक्रेनी ड्रोनलाई निष्प्रभावी बनाएको रुसको दाबी

रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउने विश्वास गरिएको छ । दर्जनौं