रूखमा कार ठोक्किँदा मध्य प्रदेशमा पाँच जनाको मृत्यु



भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

वीरसिंहपुर पाली थाना क्षेत्रमा सोमबार राति १२ः३० बजे दुर्घटना भएको हो । कारमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरसिंहपुर पाली प्रहरी चौकीका प्रमुख मदनलाल मारावीले भने, “शहडोल जिल्लाबाट कारमा आएका पाँच जना गएराति जिल्लाको एक दाभामा खाना खाएर फर्किने क्रममा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमा नै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।”

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान सुरु गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि पठाइएको र त्यसपछि परिवारको जिम्मा लगाइने मारवीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काको पर्यटन क्षेत्रको ४ वर्षमा सबैभन्दा बढी जनवरीमा मासिक आम्दानी

श्रीलङ्काको पर्यटन क्षेत्रले गत जनवरी महिनामा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी गरेको

बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा

  सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करीब १००

अफगानिस्तानमा भारी हिमपात हुँदा १५ जनाको मृत्यु

अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु

नभाल्नीको अन्तिम संस्कारमा पुटिनविरुद्ध नाराबाजी

बीबीसी । दुई साताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नभाल्नीको