अपदस्थ ग्याबोनी नेताका छोराविरूद्ध भ्रष्टाचारको अभियोग



अली बोन्गो ओन्डिम्बाका छोरा र ग्याबोनका अपदस्थ राष्ट्रपतिका केही सहयोगीलाई भ्रष्टाचारको अभियोग लगाएर हिरासतमा राखिएको सरकारी अभियोजकले बताएका छन् ।

बोन्गोका जेठा छोरा नुरेदिन बोन्गो भ्यालेन्टिन र पूर्व राष्ट्रपतिका प्रवक्ता जेस्ये एला एकोघाका साथै अपदस्थ नेताका नजिकका अन्य चार जनालाई मङ्गलबार ‘अभियोग लगाइएको र अस्थायी हिरासतमा राखिएको छ’, लिब्रेभिलका अभियोजक आन्द्रे प्याट्रिक रोपोनटले बताए ।

सन् २००९ देखि तेलको धनी मध्य अफ्रिकी मुलुक ग्याबोनमा शासन गर्दै आएका ६४ वर्षीय बोन्गोलाई गत अगष्ट ३० मा सैन्य नेताहरूले सत्ताच्युत गरेका थिए ।

यो परिणामलाई विपक्षी र सैन्य ‘कू’ मा सम्लग्न नेताहरूले बोन्गो ओन्डिम्बाको शासन शैलीलाई राष्ट्रप्रतिको धोखाधडीको संज्ञा दिएका थिए । उनीहरूले बोन्गो ओन्डिम्बाको शासनलाई व्यापक भ्रष्टाचार र खराब शासनको आरोप पनि लगाएका थिए ।

‘कू’ भएको दिन सैनिकले बोन्गोका एक छोरा र पाँच जना वरिष्ठ मन्त्रिपरिषद्का सदस्यलाई पक्राउ गरेका थिए । राष्ट्रिय टिभीले घरबाट जफत गरिएको नगदले भरिएको सुटकेसअगाडि पक्राउ परेकाहरूको ‘रोलिङ’ तस्वीरहरू देखाएको थियो ।

‘कू’ पछि बोन्गोकी पत्नी सिल्भिया बोन्गो भ्यालेन्टिनलाई राजधानी लिब्रेभिलमा ‘उनको सुरक्षाका लागि’ नजरबन्दमा राखिएको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

  नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार

३५ युक्रेनी ड्रोनलाई निष्प्रभावी बनाएको रुसको दाबी

रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउने विश्वास गरिएको छ । दर्जनौं