बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम घोषणा,



अमेरिकी राष्ट्रपति जो बाइडनले स्वच्छ ऊर्जा अर्थतन्त्रका लागि आफ्ना योजनामा मतदातालाई बेच्ने प्रयास गरिरहेका बेला युवाहरूलाई हरित रोजगारी प्रदान गर्न सहयोग पुर्याउने  उद्देश्यले नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम’ को शुभारम्भ गरिएको बताएका छन् । स्वच्छ ऊर्जा, वातावरण संरक्षण र जलवायु उत्थानशीलता कार्यकर्ताहरूको अर्को पुस्तालाई परिचालन गर्ने उनले बताएका छन् ।

यो योजनाले २० हजारभन्दा बढी युवाहरूलाई उनीहरूको तलबी प्रशिक्षण पूरा गरेपछि ‘राम्रो तलब दिने काम’ प्राप्त गर्न प्रशिक्षित गर्ने राष्ट्रपति बाइडेनले बताए । राष्ट्रपति बाइडेनले विशेष गरी आफुले हस्ताक्षर गरेको मुद्रास्फीति न्यूनीकरण ऐनमार्फत् सन् २०२४ मा पुनः निर्वाचनका लागि आफ्नो प्रयासको मुख्य मुद्दा अर्थतन्त्रलाई बनाएका छन् ।

महत्वाकाङ्क्षी जलवायु कानूनको उद्देश्य स्वच्छ ऊर्जामा अमेरिकी सङ्क्रमणलाई गति दिनु, अमेरिकी उद्योगको पुनर्निर्माण गर्नु र सामाजिक न्यायलाई बढावा दिनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

  नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार

३५ युक्रेनी ड्रोनलाई निष्प्रभावी बनाएको रुसको दाबी

रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउने विश्वास गरिएको छ । दर्जनौं