दुई किलो धुलो सुनसहित मुम्बई विमानस्थलबाट एक दम्पत्ति पक्राउ


सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।

मुम्बई भन्सार अधिकारीका अनुसार एक करोड पाँच लाख २७ हजार रुपैयाँ बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बारमद भएको हो ।

बरामद सुनको धुलो २४ क्यारेटको हो । आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ । यसअघि केरलाको कोचीन अन्तराष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य ४० लाख पर्ने बताइएको छ ।