आफ्नो देश भागेर आएका अमेरिकी सैनिकले विभेद भोगेको उत्तर कोरियाको आरोप


उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङले सेनामा अमानवीय दुर्व्यवहार र जातीय विभेद भोगेका कारण गत महिना आफ्नो भूमिमा प्रवेश गरेको आरोप लगाएको छ ।

गत जुलाई १८ मा दुई कोरियालाई विभाजन गर्ने क्षेत्रको सङ्गठित भ्रमणका क्रममा अमेरिकी सैनिक अचानक सीमा पार गरेर उत्तर कोरिया गएका थिए ।

अमेरिकी फौजमा रहेका किङले उत्तर कोरियामा शरण लिने इच्छा व्यक्त गरेको त्यहाँको सरकार नियन्त्रित सञ्चारमाध्यमले जनाएको छ । यद्यपि अमेरिकी अधिकारीहरूले पनि यसअघि ती सैनिकले योजनाबद्ध ढङ्गमा सीमा पार गरेको हुनसक्ने बताएका थिए ।

पेन्टागनले ती सैनिकलाई प्राइभेट सेकेन्ड क्लास सैनिकको रूपमा चिनाएको थियो र उनी सन् २०२१ को जनवीदेखि सेनामा छन् । यी घोडसवार सेना सुरुमा दक्षिण कोरियामा अमेरिकी सेनाको पहिलो बख्तरबन्द सम्बन्धी विभागको एक इकाईमा खटाइएका रणनीतिक विशेषता वा लक्ष्य पत्ता लगाउन सैन्य अवलोकन गर्ने विशेषज्ञ थिए ।

दक्षिण कोरियामा हातपातको आरोप लागेपछि उनीमाथि कारबाही भइरहेको थियो। सीमा पार गर्नुअघिका दुई महिना उनले हिरासतमा बिताएका थिए र जुलाई १० मा रिहा भएका थिए।