पाकिस्तानमा रेल दुर्घटनामा कम्तिमा २८ जनाको मृत्यु


पाकिस्तानको सिन्ध प्रान्तमा भएको एउटा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ रेलमा झन्डै एक हजार यात्रु सवार थिए । पाकिस्तानका रेलवे मन्त्रीले कम्तीमा २८ जनाले ज्यान गुमाएको पुष्टि गरेका छन् ।

दुर्घटनामा झन्डै एकसय जना घाइते भएका छन् । दुर्घटना सिन्ध नजिकैको संघार जिल्लाको सरहरि कस्बेमा भएको थियो । आठवटा डिब्बा रेलको लिकबाट खसेका थिए। घाइतेहरू त्यसमा फसिरहेका छन् र उनीहरूलाई निकाल्ने प्रयास जारी छ ।

घाइते यात्रुहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। उद्धार टोलीहरूले डिब्बाहरूमा फसेका मानिसहरूलाई निकाल्ने प्रयत्न गरिरहेका छन् उद्धारका लागि सेनाको टोलीलाई बोलाइएको छ ।