पाकिस्तानको सिन्ध प्रान्तमा भएको एउटा रेल दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटना सिन्ध नजिकैको संघार जिल्लाको सरहरि कस्बेमा भएको थियो ।
दुर्घटनामा आठवटा डिब्बा रेलको लिकबाट खसेका थिए। घाइतेहरू त्यसमा फसिरहेका छन् र उनीहरूलाई निकाल्ने प्रयास जारी छ ।
स्थानीय प्रहरी अधिकारी अबिद बलोचले दुर्घटनाग्रस्त रेलका ८ डिब्बा खालि गरिएको र दुईवटालाई सिधा बनाउन क्रेन मगाइएको जानकारी दिए । रेलमन्त्री साद रफिकले रेल सही गतिमा गुडिरहेका र उसको गति ४५ किलोमिटर प्रतिघण्टा रहेको जानकारी दिए ।
यसअघि उच्च गतिका कारण उक्त दुर्घटना भएको आशङ्का गरिएको थियो । ठूलो सङ्ख्यामा स्थानीयवासिन्दाहरू घटनास्थलमा पुगेका छन् । उनीहरूले यात्रुहरूलाई बाहिर निकाल्न सहयोग गरिरहेका छन्।

प्रतिक्रिया