जी–२० राष्ट्रका वातावरण मन्त्रीहरूको भारतमा सम्पन्न बैठकमा सन् २०२५ सम्ममा विश्वव्यापी उत्सर्जन नियन्त्रण गर्न र अन्य महत्वपूर्ण वातावरणीय विषयमा सहमति जनाउन नसकेको यसमा सहभागी फ्रान्सका प्रतिनिधिले बताएका छन् ।
यस वर्षको कोप २८ जलवायु वार्ताअघि धेरै प्रमुख बुँदाहरूमा कुनै सफलता सम्भव थिएन तर वार्ताहरू नवीकरणीय ऊर्जाको प्रयोगमा व्यापक वृद्धि गर्ने सहमतिमा पनि पुग्न असफल भएका छन् । बैठकपछि फ्रान्सका पर्यावरण सङ्क्रमण मामिला हेर्ने मन्त्री क्रिस्टोफ बेचुले यसबाट आफू निकै निराश भएको बताए । चीन, साउदी अरब र रुससँग जलवायुसम्बन्धी विषयमा भएको छलफल ‘जटिल’ भएको उनले बताए ।
विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कार्बन डाइअक्साइड उत्सर्जनको ८० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने समूहका ऊर्जा मन्त्रीहरूले विश्वव्यापी ऊर्जा मिश्रणबाट जीवाश्म ईन्धन कटौती गर्ने रोडम्यापमा सहमति जनाउन असफल भएको केही दिनपछि चेन्नई बैठक हुन लागेको हो । जलवायु विज्ञहरूले बाढी, आँधीबेहरी र गर्मीका कारण विश्वव्यापी तापक्रम मापनलाई जिम्मेवार ठह¥याइरहेका बेला यसलाई न्यूनीकरणका प्रयासहरूमा धक्काको रूपमा हेरिएको थियो ।
रूस र साउदी अरबजस्ता केही प्रमुख तेल उत्पादकलाई प्रगति हुन नसक्नुमा दोष लगाइएको थियो । ठूला ऊर्जा उत्पादक राष्ट्रहरूले आफ्नो अर्थव्यवस्थामा कठोर न्यूनीकरणको प्रभावको बारेमा चिन्ताव्यक्त गर्दै उत्सर्जन कटौतीमा बलियो प्रतिबद्धता जनाउन आनाकानी गर्नेगरेका छन् ।

प्रतिक्रिया