युरोपेली सङ्घ (ईयू) ले आयातित खेलौनाहरूमा प्रयोग गरिने हानिकारक रसायनहरूमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । युरोपेली संघ (ईयू) ले युरोपेली आयोगले प्रस्ताव गरेको नयाँ नियमअन्तर्गत आयातित खेलौनाहरूमा बालबालिकाका लागि असुरक्षित मानिएका रसायनहरूमा प्रतिबन्ध लगाउने गृहकार्य थालेको हो ।
ईयूमा आयात हुने खेलौनाको सबैभन्दा ठूलो उत्पादक चीन हो र सन् २०२१ मा ल्याइएका खेलौनाको मूल्यको ८३ प्रतिशत हिस्सा ओगटेको ईयूको आधिकारिक तथ्याङ्क निकाय युरोस्टाटले जनाएको छ । ईयूका आन्तरिक बजार आयुक्त थियरी ब्रेटनले असुरक्षित खेलौनाहरू अझ सजिलै पत्ता लगाउन अनुमति दिने डिजिटल प्रविधि प्रवर्तनलाई बढावा दिइने बताए ।
आयोगको प्रस्तावित खेलौना सुरक्षा नियमनले सन् २००९ देखि ईयूको विद्यमान कानूनमा रहेका छिद्रहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ जसले २७ राष्ट्रको समूहमा बिक्री हुने खेलौनाहरूमा सुरक्षा मापदण्डहरू निर्धारण गर्दछ । ईयूमामा बिक्री हुने सबै खेलौनासुरक्षित छन् भन्ने सुनिश्चित गर्न कमिसनले आयातकर्तालाई ‘डिजिटल प्रोडक्ट पासपोर्ट’ खरिद गर्नुपर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया