सवारी दुर्घटनामा अल्जेरियामा ३४ जनाको मृत्यु


 

अल्जेरियाको दक्षिणी भागमा बुधबार बिहान यात्रुबस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवीसथत तामनरासेट शहरमा  बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठोक्किँदा  उक्त हताहती भएको उद्धारामा संलग्न एक अधिकारीले बताएका छन् ।

दुई वटा सवारी साधन ठोक्किँदा बसमा आगोलोको थियो । उद्धारकर्मीहरुले जलेका केही शव निकालेका छन् । दुवै सवारी साधन द्रुतगतिमा रहेकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गत वर्ष अल्जेरियामा २३ हजार सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा तीन हजार चार सय नौ जनाको ज्यान गएको तथा ३० हजारभन्दा बढी घाइते भएको सडक सुरक्षासम्बन्धी सरकारी निकायले जनाएको छ ।